भारत चाैथाें पटक क्रिकेट विश्वकपको फाइनलमा



काठमाडौं ।

भारत चौथो पटक क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ ।

बुधबार राती सम्पन्न पहिलो सेमिफाइनलमा भारतले न्यूजील्याण्डलाई ७० रनले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको हो ।

 भारतले दिएको ३९८ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले ४८.५ ओभरमा अल आउट हुदै ३२७ रन बनाएको थियो । न्यूजील्याण्डलाई अल आउट गर्ने क्रममा भारतका बलर मोहमद शामीले ७ विकेट लिएका थिए ।

 यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ४ विकेट गुमाउदै ३९७ रन बनाएको थियो ।

 योसँगै यसअघि दुई पटक १९८३ र २०११ मा विश्वकप जितेको भारत चौथो पटक विश्वकपको फाइनलमा पुगेको हो । यसअघि २००३ मा भारत उपविजेता बनेको थियो।

 अब दोस्रो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच खेल हुने छ । यो खेलको विजेताले फाइनलमा भरतसँग आइतबार उपाधिका लागि खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्