विराट काेहलीले ताेडे सचिनकाे रेकर्ड



काठमाडौँ।

भारतीय क्रिकेटर विराट काेहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्वक्रिकेटर सचिन तेन्दुलकरकाे नाममा रहेकाे सर्वाधिक शतककाे रेकर्ड ताेडेका छन् ।

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे पहिलाे सेमिफाइनलअन्तर्गत न्युजिल्यान्डसँगकाे खेलमा शतक बनाउँदै काेहलीले सचिनकाे सर्वाधिक ४९ शतककाे रेकर्ड ताेडेका हुन् । याेसँगै काेहली एकदिवसीय क्रिकेटमा ५० शतक बनाउने पहिलाे खेलाडी बनेका छन् । तेन्दुलकरले ४ सय ५२ इनिङ्समा ४९ औँ शतक पूरा गरेका थिए । काेहलीलै मात्र २ सय ७९ इनिङ्समा ५० औँ शतक बनाए ।

प्रतिक्रिया दिनुहोस्