गोठाटारमा गोली चल्यो, एक जना घाइते



काठमाडौँ।

काठमाडौँको गोठाटारमा गोली चलेको छ । प्रहरीले गोली प्रहार गरेर एक जनालाई नियन्त्रणमा लिएको छ।

लागूऔषध तथा पेस्तोलसहित रहेका भारतीय नागरिक मोहमद करिमलाई नियन्त्रणमा लिने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको बताइएको छ।

करिमको दाहिने दिघ्रामा गोलि लागेको छ।  करिमको साथबाट प्रहरीले ६.७५ एमएमको पेस्तोल र दुई सय ग्राम लागूऔषध ब्राउनसुगर पनि बरामद गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्