पूर्वप्रधानमन्त्री खनाल चीनमा, दिउँसो उपप्रधानमन्त्री श्रेष्ठ पनि जाँदै



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन् । उनी गएराति छिमेकी मुलुक चीन प्रस्तान गरेका हुन् ।

त्यस्तै आज (सोमबार) दिउँसो १२ बजे वर्तमान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि चीन जाने भएका छन् ।

उत्तरी छिमेकी चीनद्वारा आयोजित ‘थर्ड वेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल को–अपरेसन’मा सहभागी हुन उनी चीन जान लागेका हुन् ।

विआरआईसम्बन्धी कार्यक्रम आगामी कात्तिक १ र २ मा हुँदैछ, जसको उद्धघाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्दैछन् ।

चीनका पब्लिक सुरक्षासम्बन्धी मन्त्री तथा स्टेट काउन्सिलर तथा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालयका सदस्य वाङ सियाहोङको निमन्त्रणामा श्रेष्ठ त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्