धादिङबेशीमा शङ्खधर शाख्वा



धादिङ । सदरमुकाम धादिङबेशीस्थित बिचबजारमा राष्ट्रिय विभूति शङ्खधर साख्वाको शालिक अनावरण गरिएको छ ।

एक कार्यक्रमका बीच नीलकण्ठ नगरपालिका–३ का वडाअध्यक्ष राजकुमार श्रेष्ठले शाख्वाको शालिक अनावरण गर्नुभएको हो ।
शालिकसँगै ढुंगेधारा निर्माण गरी सञ्चालनमा ल्याइएको छ भने चौतारोमा विश्रामस्थल र गणेश मन्दिर पनि पुननिर्माण गरिएको छ ।

स्थानीय दाताहरूबाट संकलन भएको ३ लाख ७५ हजार, टोल सुधार समितिको कोषमा रहेको १ लाख ९४ हजार ३ सय गरी कुल ५ लाख ६९ हजार ४ सय लगानीमा शालिक, ढुंगेधारा र विश्रामस्थल निर्माण गरिएको बीच बजार टोल सुधार समितिका अध्यक्ष नन्दलाल श्रेष्ठले बताउनुभयो ।

सोही ठाउँमा रहेको मन्दिरको पनि पुननिर्माण गरिएको छ । सहयोगी दाताहरुबाट संकलन भएको १ लाख ५४ हजार ६ सय र गणेश मन्दिर संरक्षण समितिको कोषको २ लाख ५७ हजार गरी ४ लाख ११ हजार ६ सय लगानीमा मन्दिरको पुननिर्माण गरिएको श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्