आममाफीविरूद्ध अनशन सुरू गरेकी भारतीलाई अस्पताल पुर्‍याइयाे



काठमाडौं ।

सरकारले आफ्ना श्रीमान्‌का हत्याराको बाँकी कैद मिनाह गरेको विरोधमा अनशनरत भारती मानन्धर सर्वोच्च अदालत परिसरमा बेहोस भएर ढलेकी छन् ।

तारिख लिएर फर्किने क्रममा बेहोस भएर लडेकी उनलाई वीर अस्पताल लगिएको छ । उनले आजै काठमाडौंको माइतीघरमा अनशन सुरु गरेकी थिइन् । मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकेका योग ढकाल ९रिगल०को बाँकी सजाय मिनाह गरेका थिए ।

त्यसको विरोधमा रिगलले हत्या गरेका चेतनकी श्रीमती भारतीले अनशन सुरु गरेकी हुन् । चेतनलाई नेपालगञ्जको व्यस्त बजारमा दिउँसै खुँडा प्रहार गरी हत्या गरेको प्रकरणमा अदालतले रिगलविरुद्ध सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । उनी करिव ५ वर्ष जेल बसेर माफी पाई थुना मुक्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्