बझाङमा भूकम्पले राजमार्ग अवरुद्ध



oppo_2

काठमाडाैं ।

बझाङमा मंगलबार गएको भूकम्पले भौतिक संरचनामा क्षति पुर्‍याएको छ। भूकम्पबाट दुर्गाथली गाउँपालिका, तलकोट गाउँपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिकाका विभिन्न पुराना सरकारी कार्यालय, विद्यालय र घर भत्किएका छन्।

पहिलो भूकम्प २ बजेर ४० मिनेटमा ५.३ म्याग्च्यिूडको थियो भने दोस्रो झन शाक्तिशाली थियो । दोस्रो झड्का ३ बजेर ६ मिनेटमा ६।३ म्याग्निच्यूडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो शक्तिशाली भूकम्पको महसुस पूरा देशभर भएको छ । पहिलो भूकम्प बझाङको तालाकोट गाउँपालिका केन्द्रबिन्दु बनाएर गएको थियो भने दोस्रो सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पले केही व्यक्तिहरू घाइते भएका छन् । बझाङमा घरहरू भत्किएका छन् । उता भूकम्पपछिको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्