भारतले दियो नेपाललाई दुई सय तीन रनको लक्ष्य



काठमाडौं । भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ ।

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा भारतले नेपाललाई २ सय तीन रनको लक्ष्य दिइको हो ।

प्रतियोगिताको जारी क्वार्टरफाइनल खेलमा भारतले नेपालबिरुद्ध सुरुवाती आक्रामक बिष्फोटक रुपमा गरेको थियो ।

टस जितेर पहिले ब्याटिङमा गएको  भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय दुई रन बनाउन सफल भएको हो ।

सो खेल  झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा भइरहेकाे छ । जुन खेल  नेपाली समय अनुसार बिहान ६ः४५ बजेवाट सुरु भएकाे हाे ।

एसियाडको जारी खेलको लक्की ड्र मार्फत क्वाटरफाइलमा नेपालको खेल भारतसँग परेको थियो । कप्तान रोहित पौडेलले प्रतिस्पर्धी टिम रोजाइको ‘लक्की ड्र’ निकाल्दा भारतको चिट निकालेका थिए । जसअनुसार आज नेपाल भारत बिच प्रतिस्पर्धा भइरहेकाे हाे ।

नेपालले समूह चरणका यसअघि भएको खेलमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । मंगोलियासँग भएको खेलमा नेपालले झन्डै दर्जन जति बिश्व किर्तिमान र राष्ट्रिय किर्तिमान कायम गरेको थियो, जसले क्रिकेटको संसारमा नेपाल एक जबर्जस्त उदयीमान टिमको रूपमा देखा परेको छ

प्रतिक्रिया दिनुहोस्