अदालतको आदेशपछि अनमोललाई घर पठाउन सहजीकरण



आर्थिक आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि म्याद थप नगरेपछि प्रहरीले आईतबार राति नै घर पठाउने व्यवस्था मिलाएको छ।

न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले पक्राउ परेको दिनबाट तीन दिन ९आइतबार राति० सम्म हिरासतमा राख्ने अनुमति स्वीकार गरेसँगै प्रहरीले अनमोललाई आईतबार राति नै घर पठाउन सहजीकरण गरेको हो।

रावायण नामक निर्माणाधीन फिल्मबाट पेस्कीवापत १० लाख रुपिया“ लिए पनि छायांकनमा सहभागी हुन नमानी आपराधिक विश्वासघात गरेको भन्दै सो फिल्मको निर्माण संस्थाका तर्फबाट निर्देशक सुदर्शन थापा पत्नी तथा निर्मात्री चन्द्रकला ९प्रिया० कटुवालले गत ७ गते अनमोलविरुद्ध जाहेरी दिएपछि प्रहरीले गत शुक्रबार उनलाई पक्राउ गरेको थियो।

पक्राउ परेपछि अनमोल बिसन्चो भएको भन्दै शुक्रबार राति नै वसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना भएका थिए। अदालतको आदेशपछि प्रहरीले अनमोललाई अस्पताल पुर्याएर घर पठाउन सहजीकरण गरेको हो।

प्रतिक्रिया दिनुहोस्