कोरियन अवान्ते एकेडेमीले मनायो वार्षिक उत्सव (तस्वीरसहित)



काठमाडौं  ।

कोरियन अवान्ते एकेडेमीले ८ औँ वार्षिक उत्सव मनाएको छ ।  काठमाडौं पुतलीसडकस्थित रहेको कोरियन अवान्ते एकेडेमीले सोमबार वार्षिक उत्सव मनाएको हो । सन् २०७२ असोज ८ गते स्थापना भएका अवान्ते एकेडेमी आजबाट ८ औँ वर्ष पार गरेर ९ औँ वर्षमा प्रवेश गरेको हो ।

अवान्ते एकेडेमीका अध्यक्ष हरी बस्नेतले कार्यक्रममा बोल्दै अवान्ते एकेडेमीले नाम कमाउन सफल भएको बताउनुभयो  । उक्त एकेडेमीमा हजारौँ कोरियन पारखी विद्यार्थीहरू यस एकेडेमीका पढ्दै आएको बताउनुभयो । आगामी दिनहरूमा हामी यसरी नै राम्रोसँग पढाउँदै विद्यार्थीहरूको उज्ज्वल भविष्य साकार गर्ने बताउनुभयो ।

अवान्ते एकेडेमीमा पढ्न आउने युवा युवतीसँगै विवाहित महिला पुरुषहरू पनि पढ्न आउने बताउनुभयो । उक्त एकेडेमीमा पढ्ने युवा युवतीसँगै विवाहित महिला पुरुषहरू पनि कोरिया भाषा परीक्षामा उर्तिण गरी कोरिया जान सफल भएको जानकारी दिनुभयो । यस एकेडेमीले बिहान ६ बजेदेखि साँझ ५ बजे सम्म बढाउँदै आएको बताउनु भयो  । त्यति मात्र नभै कक्षा उपस्थित हुन नसक्ने विद्यार्थीहरूका लागि पनि अनलाइन कक्षा पनि सञ्चालन गरेको जानकारी दिनुभयो ।

यस्तै कोरियन अवान्ते एकेडेमीका प्रशिक्षक रोशन आर्चायले स्थापना काल देखिनै यस एकेडेमीमा पढाउँदै आएको बताउनुभयो । उक्त एकेडेमीमा आफूले विद्यार्थीहरूलाई राम्रो तरिकाले पढाउँदै अघि बढेको बताउनुभयो । यस अवान्ते एकेडेमीले बेसिक कक्षाबाट एडभान्स बुकसम्म राम्रोसँग अध्ययन गराउँदै लगेको जानकारी दिनुभयो । आफूहरूले विद्यार्थीहरूलाई बेसिक कक्षाबाट एडभान्स बुकसम्म पढाउँदै गर्दा हप्तामा एक पटक शुक्रवार टेस्ट परीक्षा पनि लिने गरी रहेको बताउनुभयो । त्यस कारण उक्त एकेडेमीमा पढ्न आउने विद्यार्थीको संख्या धेरै रहेको जानकारी दिनुभयो ।

यस्तै कोरिया अवान्ते एकेडेमीका प्रशिक्षक शुभाष रेग्मीले यस एकेडेमीमा लामो समयदेखि पढाउँदै आएको बताउनुभयो । यस एकेडेमीमा पढ्न आउने विद्यार्थीहरूलाई आफू राम्रो सरल तरिकाले अध्ययन गराउँदै आएको बताउनुभयो । अगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिँदै अघि बढ्ने बताउनुभयो । उक्त कार्यक्रम विद्यार्थीहरूले यस अवान्ते एकेडेमीले राम्रोसँग पढाएको बताएका छन् । कोरियन अवान्ते एकेडेमीमा अध्ययनरत गणेश विश्वकर्मा भन्छन् यस अवान्ते एकेडेमीका शिक्षकहरूले राम्रो अनि सरल तरिकाहरुले बढाउने गरेको बताए  ।आफूले बेसिक कक्षाबाट पढ्दै आएको अहिले आफूहरू एडभान्स बुकसम्म पढ्दै गरेको बताए । पढ्ने क्रममा नबुझेको अवस्थामा सरहरूले सरल तरिकाले बझाउने गरेको बताए । उक्त एकेडेमीले हप्तामा एक पटक शुक्रवार- शुक्रवार टेस्ट परीक्षा दिँदा आफूले राम्रो गर्दै अघि बढेको बताएका छन् । कोरिया भाषा पढ्न चाहाने कोरियन पारखीहरुलाई उक्त अवान्ते एकेडेमीमा पढ्न  सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्