एमाले वागमती प्रदेश अधिवेशन आजबाट



काठमाडौं । नेकपा (एमाले) वागमती प्रदेशको अधिवेशन शुरु हुँदैछ । नयाँ नेतृत्व चयनका लागि काठमाडौंको भृकुटीमण्डपमा आज (सोमबार)बाट शुरु हुँदैछ ।

उक्त प्रदेश अधिवेशनमा अध्यक्षमा आकांक्षीको आधा दर्जन बढी आकांक्ष छन् । आकांक्षी धेरै भएपछि सहमतिका लागि अहिले छलफल जारी छ ।

तर, सहमतिको सम्भावना कम रहेको बताइएको छ । अध्यक्षमा केन्द्रीय सदस्यहरू कैलाश ढुंगेल, कृष्ण दाहाल र रचना खड्का दौडमा छन् ।

त्यसरी नै वागमती प्रदेश अध्यक्ष केशवराज पाण्डे, सचिव विजय सुवेदी, पूर्वसांसद कृष्णभक्त पोखरेल, वागमती प्रदेशसभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ पनि अध्यक्षका दाबेदार छन् ।

प्रतिक्रिया दिनुहोस्