नेपाली पर्यटन प्रवर्द्धनमा अमेरिकी संसद भोजानी



काठमाडौं ।

अमेरिकाको टेक्सास राज्यका सांसद सलमान भोजनीले नेपालको पर्यटन प्रवर्द्धनमा चासो देखाएका छन् । नेपाल र नेपालीप्रति आफ्नो अगाध माया र स्नेह रहेको भन्दै नेपालको पर्यटन प्रवर्द्धन र नेपाली समुदायको सहयोगका लागि आफू सदैब सक्रियताका साथ लाग्ने विश्वास व्यक्त गरे ।

पहिलो पटक नेपाल भ्रमण आएका उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविर जानुअघि काठमाडौँमा भएको एक अन्तरक्रियामा अमेरिकामै बसेर नेपालको पर्यटन प्रबद्र्धनका लागि सक्रिय हुने बताए ।

उक्त कार्यक्रम मिशन इन्टरटेनमेन्ट र नेपाल सेन्टर इन्टरनेशनलले आयोजना गरेको थियो भने कार्यक्रमको संयोजकको रुपमा अमेरिकाबाट रोजर नेपाल र नेपालबाट बी.पी वाग्लेले भूमिका निर्वाह गरेका थिए । साथै बिनोद पोखरेलले कार्यक्रम संचालन गरेका थिए ।

संसद सलमान भोजानिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा विशेष अतिथिहरु डा. भोला रिजाल, सुरेश अधिकारी, दिपक समीर आचार्य, निर्मल कुमार थापा दिपक राई, पत्रकार जनक नेपाल लगाएत अन्य सहभागीहरुले श्री भोजानीलाई नेपालको सुन्दर अनुभव लिन र त्यसलाई आफ्नो देशमा अनुभव बाड्न अनुरोध समेत गरेका थिए । भोजानीले केही दिनमा सगरमाथा आधार शिविर र नेपालका अन्य ठाउँहरूको अन्वेषण गर्नेछन्।कार्यक्रममा नेपाल सेन्टर इन्टरनेशनलका अध्यक्ष निर्मलकुमार थापाले भोजानीलाई स्वागत गर्दै नेपाल र अमेरिकाबीचको सम्बन्धमा प्रकाश पारेका थिए ।

सो अवसरमा मिशन इन्टरटेनमेन्टद्वारा निर्मित नयाँ नेपाली पर्यटनसम्बन्धी बाल गीतको एनिमेटेड भिडियो ‘नेपाल हेर्न जाऔँ’ सार्वजनिक गरिएको थियो । उक्त गीतमा नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदाको आकर्षक प्रस्तुत गरिएको छ । गीतले युवा पुस्तालाई पर्यटन विकासमा सक्रिय हुन बाल शिक्षा र सन्देश दिएको छ । उक्त भिडियोमा डा. भोला रिजालले शब्द रचना, बीपी वाग्लको संगीत र भद्र ओली, सरगमश्री भट्टराई र विदित अधिकारीले स्वर रहेको छ ।

भोजानीलाई टेक्सासमा रहेका नेपाली समुदायसँग मिलेर काम गर्न सुझाव दिँदै डा.भोला रिजालले उपलब्धिको लागि बधाई दिँदै नेपाली संस्कृति, कला र पर्यटनलाई विश्वस्तरमा प्रवद्र्धन गर्न प्रोत्साहन गरे ।

वरिष्ठ संगीतकार तथा म्युजिक रोयल्टी कलेक्शन सोसाइटी नेपालका अध्यक्ष सुरेश अधिकारीले नेपाली संगीतलाई टेक्सास मात्रै नभई अमेरिका र विश्वका अन्य धेरै ठाउँमा पनि प्रवद्र्धन गर्न मिलेर काम गर्न भोजानीलाई आग्रह गरे ।

नेपाल टेलिभिजनका कार्यकारी कार्यक्रम निर्माता दीपक समीर आचार्य र अधिवक्ता दीपक राईले भोजानीलाई नेपाली समाजका विभिन्न पक्षहरूको परिचयसँगै नेपाली संस्कृति र पर्यटनलाई विश्वव्यापीकरण गर्न यस्तै सामाजिक सद्भाव राख्ने व्यक्तित्वको खाँचो रहेको जानकारी गराए ।

प्रमुख अतिथि सलमान भोजानीले साना साना कार्य देखि वकिल हुँदै सफल व्यवसायिक आइकन र टेक्सास राज्यको प्रतिनिधि बन्ने सम्मको आफ्नो संघर्षका कथाहरू सुनाए। उनले चुनावी अभियानमा आफूलाई निस्वार्थ समर्थन र भोट हाल्ने प्रदेशमा बसोबास गर्ने नेपाली समुदायलाई पनि धन्यवाद दिए । दशैं, तिहार, इद लगाएतका महत्वपूर्ण चार्डपर्वमा विद्यालयमा विद्यार्थिहरुका लागि परिक्षा संचालन गराउन नहुने कानूनी मान्यता दिलाए । यसै गरि उनले नेपाली कला, संस्कृति, चार्डपर्वलाई जर्गेना गर्न महत्वपूर्ण भूमिका, केही नेपाली समुदायका बेरोजगारीका लागि समस्याहरु समाधान, नेपाली समुदायका वृद्ध वृद्धाहरुलाई भाषामा पर्न जाने समस्याको समाधानको लागि भाषा अनुवादकहरुको व्यवस्था लगाएतका चुनाव जितिसकेपछि टेक्सास राज्यमा नेपाली समुदायका लागी उनले यस्तै अत्यन्तै राम्रो कार्यहरु गरेका छन् ।

संसद भोजनीले अरु समुदाय झै नेपाली समुदायका हरेक समस्यालाई आफ्नो समस्या मानी सदैव आफ्नो व्यक्तिगत र राज्य सरकारको तर्फबाट सहयोग गरीरहेको जानकारी समेत गराए ।

 

प्रतिक्रिया दिनुहोस्