जीवनमा शान्तिको दीपलाई कसरी जलाउने !



तपाईंका लागि यो तपाईंको जीवन एउटा अवसरका रूपमा प्राप्त भएको छ । तपाईंले पाउनुभएको यो जीवनरूपी अवसरमा अहिलेसम्म तपाईंले सहन गर्दै आउनुभएको सुख–दुःखको चक्रबाट मुक्ति पाउनुहोस् । आफ्नो जीवनमा यस्तो सुखलाई अपनाउनुहोस् । त्यस्तो सुखलाई अपनाएपछि सुख–दुःखको चक्रबाट मुक्ति पाइयोस् । किनभने, जुन सुख दुःखमा बदलिन सक्छ र जुन दुःख सुखमा बदलिन सक्छ– त्यो न त सुख हो, न दुःख नै । तथापि, एउटा यस्तो सुख पनि छ जुन कहिल्यै पनि दुःखमा परिवर्तित हुँदैन अनि एउटा त्यस्तो प्रकृतिको दुःख पनि छ जुन कहिल्यै सुखमा परिवर्तित हुनै सक्दैन । आपूmले आपूmलाई चिन्न नसक्नेको दुःख कहिल्यै पनि सुखमा परिवर्तित हुन सक्दैन । अनि, आपूmले आपूmलाई चिन्न सक्नेको सुख पनि कहिल्यै दुःखमा परिवर्तित हुनै सक्दैन । यदि मानिसले आपूmले आपूmलाई चिन्यो भने उसले जीवनमा पहिलादेखि नै आशाको मुहान छ भन्ने कुरामा ऊ स्पष्ट हुन्छ ।

एउटा कथा छ । एकजना मानिस थिए । उनी खाना बनाउने काम गर्थे । बिहान–बिहानै उठेर उनी दाउरा जम्मा गर्थे । उनीसँग एउटा भाँडो थियो । त्यसमा उनले बेलुका आगोको कोइला राख्ने गर्थे । त्यसबाट कोइला निकालेर आगो जोर्ने काम गर्थे । एक दिन उनी सबेरै ४ बजेतिर उठे । नुहाइधुवाइ सकेर बाहिर गएर त्यो भाँडोमा हेर्दा हिजो साँझ राखेको कोइला त सबै निभिसकेको रहेछ । कोइलै निभेपछि अब उनलाई आगो सल्काउन बलेको कोइलाको अभाव खट्कियो । बाहिर अँध्यारो थियो । त्यसपछि उनले लालटिन बाले अनि छिमेकीको घरमा गए । सबै सुतिरहेका थिए । उनले ढोका ढकढक्याए । त्यसपछि एकजना मानिसले ढोका खोलेर बाहिर आएपछि सोधे, ‘किन, के भयो र ?’

उनले भने, ‘के तपाईंसँग ननिभेको कोइला छ ?’

छिमेकीले भने, ‘तपाईंलाई किन ननिभेको कोइला चाहियो र !’

उनले भने, ‘हजुर ! मैले आगो बाल्नुपर्नेछ । यदि तपाईंसँग ननिभेको कोइला छ भने मलाई दिनुहोस् न ।’

त्यसपछि छिमेकीले सोधे, ‘के तपाईंसँग आगो बाल्ने अरू कुनै साधन नै छैन र !’

उनले भने, ‘अहँ ! छ्रैन । म सधैँ झर्भmराउँदो कोइलाबाटै आगो बाल्ने गर्छु । मलाई त्यही चीज चाहिएको छ ।’

छिमेकीले भन्छन्, ‘अरे मूर्ख ! यदि पूरै जीवनभरि तपाईंले कोइलाबाटै आगो सल्काइरहनुभएको भए पनि तपाईंले यो लालटिनचाहिँ कसरी बाल्नुभयो ?’

उनले भने, ‘हजुर ! मसँग सलाई छ । त्यसबाटै बालेको हुँ ।’

त्यसपश्चात् छिमेकीले भन्छन्, ‘के तपाईंले त्यही सलाईबाट आफ्नो अँगेनामा आगो बाल्न सक्नुहुन्नथ्यो र ! के तपाईंलाई कोइला नै चाहिनुपर्ने ? कस्तो अचम्म !’

हामी पनि त्यस्तै गर्छौँ । हामी थरी–थरीका धारणा बनाएर हिँड्छौँ । कुनै चीजको आवश्यकता प¥यो भने हामी आपूmले बनाएको धारणातिरै मोडिन पुग्छौँ ।

हामीले यो जीवन पाएका छौँ । यो जिन्दगीमा हामी अहिलेसम्म कहिल्यै नगरेको कुनै विशेष काम पनि गरौँ न । त्यसबाट हामीलाई वास्तविक समृद्धि, वास्तविक शान्ति प्राप्त होओस् । एक पलका लागि होइन, दुई क्षणका लागि पनि होइन, वास्तविक क्षणको आनन्द प्राप्त होओस् । तपाईंभित्र ती सृष्टिकर्ता विराजमान छन् । उनी तपाईंका हरेक श्वासमा बसेका छन् । जब तपाईंभित्र श्वास चल्छ तब त्यही श्वासका साथमा उनी तपाईंभित्र आउँछन् अनि तपाईंको जीवनमा प्रकाशको उज्यालो दिन्छन् । त्यसबाट तपाईंको जीवन प्रकाशै प्रकाशबाट ज्योतिर्मय हुन पुग्छ । यसर्थ, आफ्नो जीवनमा आनन्दको दीप बाल्नुहोस् । यदि आनन्दको दीप, शान्तिको दीप बल्यो भने त्यस प्रकाशबाट तपाईंको जीवनमा पनि आनन्द नै आनन्द प्राप्त हुनेछ ।

मानिसहरू विभिन्न कुरामा लागिपरेका छन् । एकक्षण पनि उनीहरूमा चैन हुँदैन । तथापि, शान्तिका लागि कसैलाई पनि फुर्सद मिल्दैन । उमेर पाको हुँदै गएपछि जति कमाएका हुन्छन्, त्यो सबै यताउताका कुरामा सकिँदै जान्छ । किनभने, हामीले आफ्नो जीवनलाई आनन्दसँग बिताएकै छैनौँ । जब हाम्रो जीवनमा यस्तो प्रकारको कुरा हुन थाल्छ भने यो उल्टो तरिका हो । कमसेकम हाम्रो अज्ञानता नै हाम्रो निराशाको कारण हो भन्ने कुराका बारेमा बोध हुनु अत्यावश्यक छ ।

हरेक मानिसमा समस्या छ अनि हामी ती समस्याहरू हटून् भन्ने चाहना राख्छौँ । तथापि, ती समस्या कहिल्यै पनि समाप्त हुँदैनन् । समस्या त एउटा यस्तो झिँगा हो, जुन तपाईँको टाउकामा बसेको छ, तपाईँलाई छोडेर ऊ कोही अर्कामाथि बस्न पुग्छ । समस्याले त मानिसलाई नै दुःख दिन्छ अनि त्यो विभिन्न रूपमा आउँछ र जान्छ । यो पृथ्वीमा समस्याहरू सधैँ रहिरहन्छन् । केवल मानिस मात्रै फेरिन्छन् । तथापि, आजको समयमा पनि समस्यालाई समाधान गरेर मानिस तनावबाट मुक्त हुन सक्छ । समस्याबाट मुक्त हुनका लागि कुनै उपाय नै छैन ! समस्याबाट टाढा हुनुहोस् या नजिक– तपाईँ यसबाट हट्न सक्नुहुन्न । यो त तपाईँको पछि लागिरहनेछ ।

कुनै पनि मानिस– चाहे ऊ गरिब होओस् या धनी । एउटा स्थानमा आफ्नो घडीलाई हेरेर उभिइरहेको छ– ‘मेरो बस ढिलो भयो । मलाई काममा जान ढिलो भइरहेको छ ।’ उसलाई पनि चिन्ता नै छ । एउटा यस्तो व्यक्ति, जसले करोडौँको करारका लागि हस्ताक्षर गर्न गइरहेको छ । ऊ पनि आफ्नो घडी हेरेर भनिरहेको हुन्छ– ‘यदि म समयमा पुग्न सकिन भने त हुन सक्ला, यो करारमा हस्ताक्षर नहुन सक्छ ।’ चिन्ता त त्यही नै हो अनि सबैलाई सताइरहेको छ । तथापि, हामी कहिल्यै यो कुरालाई यस दृष्टिले हेरिरहेका हुँदैनौँ– एकातिर त्यो पर्खाल छ, जसलाई हामीले पार गरेर आएका छौँ जब हाम्रो जन्म भयो । अनि, एउटा अर्को पर्खाल जहाँबाट हामीले जानुपर्छ । कहाँ जानुपर्छ ? के हुन्छ ! हामीलाई केही पनि थाहा छैन । अतः एक त जन्म हुन्छ अनि अर्को मरण हुन्छ । यिनैका बीचमा सबै कुरा छन् । तपाईँ के चाहनुहुन्छ ?

यदि कसैलाई समस्या छ र उसलाई सोधियो– ‘तपाईँ के चाहनुहुन्छ ?’

उसले त यही नै भन्नेछ– ‘म यो दुःखबाट मुक्ति पाउन चाहन्छु ।’

तपाईँलाई राम्रोसँग थाहा छ । एक न एक दिन त्यो दुःख हाम्रो साथमा रहनेछैन । अनि, के हाम्रो जीवन केवल दुःखबाट बच्नका लागि मात्रै हो या यसबाट अरू पनि केही कुरा सम्भव हुन्छ त ! यो जीवनको सम्भावनालाई हामीले बुझ्यौँ या बुझेनौँ ! किनभने, दुःख त आउनेछ अनि सुख पनि आउनेछ । यदि अहिले दुःखको समय चलिरहेको छ भने केही दिन प्रतीक्षा गर्नुहोस्, सुखको समय पनि आउनेछ । जब सुख हुनेछ, केही दिन पर्खनुहोस् फेरि दुःख पनि आउनेछ । यो त भइरहन्छ, तर के कुरा बुझ्नुहोस् भने, यी चिन्ताबाट मुक्ति पाइयोस् भन्नका लागि यो जिन्दगी पाइएको होइन । अरू पनि केही कुरा छन्, जसका बारेमा तपाईँले चिन्तन गर्नुभयो भने तपाईँको जीवन सफल हुनेछ । त्यस चीजका बारेमा चिन्ता गर्नुहोस् जुन तपाईँभित्र छ । जुन तपाईँलाई आशीर्वाद प्राप्त भएको छ– के तपाईँले त्यस आशीर्वादको भरपुर फाइदा लिनुभएको छ या छैन ? किनभने, त्यस चीजलाई चिनेपछि तपाईँका सारा चिन्ताहरू समाप्त हुनेछन् ।

जुन वस्तुलाई हामी बहुमूल्य भनेर बुझ्छौँ, जसलाई अमूल्य सम्झन्छौँ– त्यस वस्तुलाई प्राप्त गरेपछि हामी त्यसको निकै कदर गर्छौँ । हामी त्यसलाई विनाकाममा खर्च गर्दैनौँ । यो श्वासको आवागमन त हीराभन्दा पनि मूल्यवान् हुन्छ । यो सृष्टिकर्ताको कृपा हो । यसको हामी कदर गर्नै जान्दैनौँ अनि हामी यिनै समस्याका पछि लागेका छौँ । त्यसबाट मुक्त हुनका लागि हामी सबैथोक गर्न तयार हुन्छौँ । तर, त्यही समस्याले हामीलाई दुःख दिइरहन्छ, किनभने यो त्यसको प्रकृति नै हो ।

यो संसारमा तपाईँ आनन्दका साथ रहनुहोस् अनि त्यो आनन्द जुन तपाईँको हृदयबाट आउँछ, तपाईँभित्रबाट आउँछ । तर, त्यो आनन्द आएर बाहिर सबैथोक बदलिँदैन । समस्या त फेरि पनि आउने नै छ तर तपाईँले बाँच्ने तरिका थाहा पाउन सक्नुहुन्छ । तपाईँलाई त्यो बाटो थाहा हुनेछ । फलतः त्यो समस्याले तपाईँलाई हैरान पार्दैन । यदि एकपटक समस्याले दुःख दिन छोड्यो भने त्यो दुःखका रूपमा सधैँ रहिरहँदैन । त्यो आउँछ अनि फेरि आपैmँ जान्छ ।

सृष्टिकर्ताले तपाईँलाई एउटा चीज दिएका छन्– त्यो हो धैर्य ! तथापि, हामी धैर्य गर्न सकिरहेका हुँदैनौँ । हामी आफ्नो जीवनमा दौडिरहेका छौँ तर कसका पछि लागेर दौडिरहेका छौँ भन्ने नै थाहा हुँदैन । एउटा पर्खाल जसबाट हामी आयौँ अनि अर्को त्यो पर्खाल छ जसबाट हामीले जानुपर्नेछ । यो एउटा यस्तो दौड हो यदि तपाईँ अर्कोतिरबाट जान खोज्नुभयो भने पनि यतै (मृत्यु) तिर नै जानुहुनेछ । यसलाई कसैले पनि रोक्न सक्दैन ।

मानिसहरू जीवनमा जागिरबाट अवकाश भएपछि आनन्द प्राप्त हुन्छ भन्ने सोच राख्छन् । जब स्वयम् आपैmँलाई बाँच्न गाह्रो भइरहेको हुन्छ तब मानिस आपूmले आपूmलाई व्यस्त राख्ने कोशिश गरिरहन्छ । कतिपय मानिस जङ्गलमा जान्छन् अनि हराउँछन् । त्यहाँ कोही हुँदैन, केवल आपूmमात्र हुन्छन् । तब हतास हुन्छन्, किनकि आपूmले आपैmँसँग रहेर कहिल्यै जिउन सिकेका छैनन् । यो जीवनमा जसले बाँच्नै सिकेका छैनन् भने तिनका लागि यो जिन्दगी छ या छैन, दुःख छ या छैन, त्यो एक समान हो । अनि, हरेक चीजले उसलाई दुःखी तुल्याइरहन्छ । यसर्थ कुरा दुःखबाट बच्ने होइन । किनभने, पानी त पर्छ तर छाता छ भने भिज्नुपर्ने आवश्यकता नै पर्दैन । कुरा त भिज्ने÷नभिज्ने भन्ने हो नि ! पानीको होइन । वर्षा त हुन्छ तर के तपाईँ भिज्न चाहनुहुन्छ या चाहनुहुन्न !

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।

प्रतिक्रिया दिनुहोस्