डा.नरमाया थापा विद्याभूषणबाट विभूषित



काठमाडौं । डा.नरमाया थापा मगर विद्याभूषण ‘क’ श्रेणीबाट विभूषित हुने भएकी छन् । राष्ट्रिय शिक्षा दिवस– २०८० बाट उनी विभूषित हुने भएकी हुन् ।

शिक्षा क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तिहरूलाई सरकारले विद्याभूषणबाट विभूषित गर्दै आएको छ । डा.थापाले नेपालको शैक्षिक जगतमा पुर्याएको योगदानको कदर गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त भूषणबाट विभूषितका लागि सिफारिस गरेको हो ।

अन्तर्राष्ट्रिय दातृ निकाय सेभ द चिल्ड्रेनमार्फत मधेस प्रदेशका जिल्लाहरूमा उनले शिक्षासम्बन्धी लामो समयदेखि कार्य गर्दै आएकी छन् । उनी सेभ द चिल्ड्रेन मधेस प्रदेश संयोजक पनि हुन् ।

डा.थापाले विक्रम सवत् २०७७ मा त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायबाट विद्यावारिधि गरेकी छन् । उनी पाल्पाकी हुन् ।

प्रतिक्रिया दिनुहोस्