तीनकुने सामूहिक हत्याकाण्ड : बदला लिन चार जनाको हत्या



काठमाडौं ।

राजधानीको गैरीगाउँस्थित दिव्य समिलमा भएको हत्या काण्डमा संलग्न रहेका एक युवकलाई प्रहरीले आइतबार साँझ सार्वजनिक गरेको छ ।

प्रहरीले उक्त हत्याकाण्डका एक मात्र आरोपी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई सार्वजनिक गरेको हो । पक्राउ परेका भण्डारी बोल्न सक्दैनन् । उनी जन्मजात नै बहिरा हुन । शुक्रवार मध्यरातमा उक्त घटना भएपछि उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठाैरको संयोजकत्वमा अनुसन्धान गर्न समिति गठन गर्नु भएको थियो ।

सोही समितिले अनुसन्धान गर्ने क्रममा भण्डारीलाई सिसिटिभी फुटेजको सहयोगको आधारमा पक्राउ गरेको एसएसपी राठौरले जानकारी दिनुभयो ।  चार जनाको हत्या गरेपछि घटनास्थलबाट भागेर पेप्सिकोलास्थित दिदीको घरमा पुगेर भण्डारी सुतेका थिए । उनले पूर्व रिसीवीका कारण ४ जनाको हत्या गर्न पुगेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

चार जनाको हत्यामा संलग्न रहेका भण्डारीले प्रहरीलाई साङ्केतिक भाषामा भनेका थिए म कतिखेर घर जान पाउँछु । पत्रकार सम्मेलनमा उपस्थित गराइएका भण्डारीले फोटो किन खिचेको भनेर पटक पटक प्रतिवाद गर्न खोजेका थिए ।
चार जनाको हत्या गरेपछि दिदी भिनाजुको घरमा बसेका भण्डारी भोलिपल्ट साथीहरूसँग आफू पढ्ने स्कुल नक्साल पुगेका थिए ।

उनलाई प्रहरीले आफूलाई पक्राउ गर्छ कि भन्ने डर भने बिस्तारै पलाएको र उनी दिदी भिनाजुको घरबाट आफ्नो घर भागेर जाने तयारी गरेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमुद ढुंगेलले जानकारी दिनुभयो ।

साङ्केतिक भाषा मार्फत उक्त घटनाको जिम्मेवारी भण्डारीले दिएको बताएको प्रहरीले हत्या गर्नुको पछाडिको कारण केही समय अघि नवीन राईसँगको रिसीवीका कारण सबैको हत्या गरेको प्रहरीले दाबी गरेको छ ।  केही महिना अघि बाटोमा हिडीरहेका भण्डारीलाई मृतक राईको मोटरसाइकलले ठक्कर दिएपछि उनीहरुबीच दुस्मनी बढेको देखिन्छ । राईले आफूलाई अपमानजनक ढंगले मोटरसाइकलले ठक्कर दिएको र आफूलाई गाली गरेको भन्दै भण्डारीले राईसँग बदला लिने प्रण गरेको पनि उनले बयानमा उल्लेख गरेका छन् ।

राई र भण्डारीबिच केही समय अघि जम्का भेट भएपछि भण्डारी राई बस्ने ठाउँको खोजीमा लागेको र एक दिन राई बस्ने कोठा देखेपछि भण्डारीले राई लाई बदला लिने सोचमा पुगेको प्रहरीको अनुसन्धानले देखाऊ छ । राईको हत्या गर्ने दिनमा भण्डारीले दिदी भिनाजुको घरमा रहेको खुकुरी आफ्नो झोलामा हालेर गैरीगाउँस्थित दिव्य समिलमा आएका भण्डारीले शुरुमा राई बस्ने कोठामा पुगेर झोलामा रहेको खुकुरी निकालेर हत्या गरेको बयान भणडरीले प्रहरीलाई दिएका छन् ।

राई माथि खुकुरी प्रहार गरिरहेका भण्डारीले अर्को माच्छे चिच्याएको जस्तो लागेर अर्को तलामा गएर कुमार भुजेल, उनी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा  शुभद्रा भुजेललाई पटक पटक खुकुरी हानेर हत्या गरेपछि उनी त्यहांबाट भाग्न लागेको बेला दीपेन्द्र राई आएको देखेपछि समिलको पछिल्लो ढोकाबाट निस्केर पेप्सिकोलास्थित दिदी भिनाजुको निवासमा पुगेको देखिन्छ एसएसपी राठौरले जानकारी दिनुभयो । उक्त घटनाको बारेमा जानकारी दिन प्रहरी चौकी पुगेका दीपेन्द्र राईलाई प्रहरीले अनुसन्धानको क्रममा पक्राउ गरेर राखेको भएपनि घटनामा उनको संलग्नता नदेखिएकाले आइतबार साँझ नै छाडेको छ ।

 

प्रतिक्रिया दिनुहोस्