पशुपति आर्यघाटमा नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिने कार्य जारी



काठमाडौ । संविधानसभा अध्यक्ष तथा एमालेका दिवंगत उपाध्यक्ष सुवास नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली दिने कार्य भइरहेको छ ।

पशुपति आर्यघाटमा उनलाई अन्तिम श्रद्धाञ्जली दिने कार्य भइरहेको छ । पशुपति आर्यघाट पुगेर उनलाई श्रद्धाञ्जली दिनेको लामो लाम देखिन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवालगायतका विभिन्न राजनीतिक दलका शीर्षनेता, नेता तथा कार्यकर्ता शुभेच्छुकले पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जली दिएका छन् । अहिले पनि श्रद्धाञ्जली दिने कार्य चलिरहेको छ ।

बिहीबार बिहान नेम्वाङनिवास बालुवाटारबाट शवयात्रासहित नेम्वाङको पार्थिव शरीरलाई पशुपति आर्यघाट पुर्याइएको हो ।

मंगलबार बिहान हृदयाघातबाट निधन भएका नेम्वाङ राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । मंगलबार च्यालसस्थित पार्टी कार्यालयमा राखिएको नेम्वाङको पार्थिव शरीरलाई बुधबार दिउँसो निजी निवास बालुवाटार लगिएको थियो ।

बिहीबार निजी निवास बालुवाटारबाट शवयात्रासहित उनको पार्थिव शरीरलाई पशुपति आर्यघाट लगिएको हो । उनको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्