प्रधानमन्त्रीद्वारा नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण



काठमाडौं । दिवगंत संविधासभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्तिम संस्कार भईरहेको छ ।

पशुपति आर्यघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झन्डा ओडाएर नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

नेकपा (एमाले)का उपाध्यक्षसमेत रहेका नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली, प्रतिनिधिसभा सभामुख देवराज गुरुङ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरू र नेपाल सरकार उच्चपदस्थ पदाधिकारीलगायत पशुपति आर्यघाटमा पुगेका छन् ।

पार्टीका नेता तथा शुभचिन्तकहरूले यतिखेर पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्