नेम्वाङको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति लगिँदै, ६ वटा रूटमा चल्ने यातायात ठप्प



काठमाडौं । नेकपा (एमालें) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्याघाट लगिँदैछ ।

आज (बिहीबार) बिहान १० बजे बाल्ुवाटारबाट उनको पार्थिव शरीर अन्त्येष्टिका लागि शवयात्रा शुरू भएको छ ।

नेम्वाङको मंगलबार बिहान २ बजे हृदयघातका कारण निधन भएको थियो । नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानसाथ गरिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । नेम्वाङको निधनमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

उनको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाँदै गर्दा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटसम्म चल्ने यातायात सेवा ठप्प गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्