बलात्कार आरोपी सिद्धबाबालाई सुनसरी जिल्ला अदालतले दियो सफाइ



काठामाडौं ।

सिद्ध बाबा भनिने कृष्णदासलाई महिला अनुयायीमाथि जबरजस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । सुनसरी जिल्ला अदालतका तहसिलदार भरतमणि पोख्रेलले राय किताबमा अभियोग दाबी नपुगेको फैसला भएको बताए ।

२०७९ असार १४ गते एकजना महिलाले हालेको उक्त बलात्कार मुद्दाको बुधबार सुनुवाइ गर्दै जिल्ला अदालत सुनसरीका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले दाबी नपुग्ने ठरह गरेको हो।

सिद्वबाबा, रामकृष्णाचार्य, श्री वैष्णवकृष्ण दास भन्ने कृष्णबहादुर गिरीविरुद्ध परेको उक्त मुद्दाको सुनुवाइका क्रममा दोस्रो पटक पनि उनलाई सफाइ दिएको हो।

यसअघि जिल्ला अदालत सुनसरीले एकजना अनुयायीले हालेको मुद्दामाथि सुनुवाइ गर्दै सिद्धबाबाले बलात्कार गरेको नभई पीडित स्वयम्‍‍ले ‘शरीर समर्पण’गरेको भन्दै सफाइ दिएको थियो।

प्रतिक्रिया दिनुहोस्