आजदेखि किशोरीहरुलाई निःशुल्क पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइने


काठमाडौं ।

सरकारले बुधबार किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ लगाइदिने भएको छ । अहिलेका लागि १४ वर्ष पूरा भएका र १५ वर्ष नकटेका किशोरीलाई निःशुल्क एचपीभी खोप दिइने भएको हो ।

कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, कर्णाली प्रदेश अस्पताल सुर्खेत र डडेलधुरा अस्पतालमा आफ्नो उमेर खुल्ने परिचय पत्र देखाएर किशोरीले खोप लगाउन सक्नेछन् ।

यो खोपको दुई मात्रा लगाउनुपर्ने हुन्छ । नियमित खोप चल्ने भएकाले २८ र २९ भदौमा कोशी र मधेश प्रदेशमा सञ्चालन हुनेछ भने बाँकीमा बुधबारदेखि सुरु हुनेछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।