नेपाली रुपैयाँसहित एक जना प्रहरीकाे नियन्त्रणमा



काठमाडौं ।

बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट सोमबार सशस्त्र प्रहरीले ३ लाख नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

भारत घर बताउने ३० वर्षीय ईस्तियाक अहमदलाई प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी जमुनाह) बाँकेले नियन्त्रणमा लिएको हो । भारतबाट यूपी ३२ एल।एच। ३७०४ नम्बरको मोटरसाईलमा नेपालतर्फ आउँदै गरेका अहमदको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिईएको हो ।

नियन्त्रणमा लिइएका उनलाई बरामद रुपैयाँ र मोटरसाईलकसहित आवश्यक कारवाहीको लागि नेपालगंज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ । मोटरसाईकलको भन्सार दाखिला मुल्य २ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्