लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले २५ औं रजत जयन्ती मनायाे



काठमाडौं ।

सूचना प्रविधि क्षेत्रको पहिलो कलेज लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले २५ औँ रजत जयन्ती मनाएको छ । २५ वर्ष अगाडि सूचना प्रविधिको क्षेत्र लक्षित छुट्टै कलेज स्थापना गरेर फाउन्डेशनले प्राविधिक शिक्षाको दिर्घकालिन सोच बनाएको थियो । आईटीमा स्नातोकोत्तर सम्म अध्ययन हुने फाउन्डेशनबाट अहिले सम्म १२ हजार भन्दा बढी विद्यार्थी दीक्षित भइसकेका छन् ।

फाउन्डेशनले स्थापना कालदेखि नै सवैका लागि शिक्षा नीति अंगिकार गर्दै आएको छ । लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले विगतमा १० हजार महिलालाई निःशुल्क कम्प्युटर तालिम र अहिले सातै प्रदेशमा एक एक जना किशोरीलाई प्रत्येक वर्ष निःशुल्क शिक्षा उपलब्ध गराउँदै आएको छ । भरपर्दो र गुणस्तरीय प्राविधिक शिक्षाको मागलाई मध्यनजर गरेर फाउन्डेशनले स्नातक र स्नातोकोत्तर तहमा प्राविधिक विषयलाई परिष्कृत समेत गर्दै लगेको छ ।

रजत जयन्तीका अवसरमा फाउन्डेसनमा २ दशक देखि संलग्न रहँदै आएका ९ जनालाई सम्माननीय उपराष्ट्रपति रामशहाय प्रसाद यादवले सम्मान गरे । रजयत जयन्तीका अवसरमा उपराष्ट्रपति यादवले सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै फाउन्डेसनको प्रसंशा गरे । उनले भने, ‘मुलुक डिजिटल युगमा प्रवेश गरिसकेको छ र हाम्रो भविष्य सूचना प्रविधिको विकाशसँग जोडिएको छ ।’

शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले शिक्षा मार्फत महिला सशक्तीकरणमा पनि महत्त्वपूर्ण योगदान गरेको बताइन् । फाउण्डेशनका अध्यक्ष पंकज जालानले पढ्दै पढाउँदै भन्ने सरकारको नीतिलाई व्यवहारिक कार्यान्वयन गर्न सफल भएको बताए । नेपालमा दक्ष जनशक्ति उत्पादन गरेर युवाहरुलाई विदेशिनबाट रोक्ने आफ्नो उद्देश्य रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्