त्रिभुवन विमानस्थल बाहिरबाट १ केजी सुन बरामद



काठमाडौं ।

नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट १ केजी सुन बरामद गरेको छ । काठमाडौं प्रहरी परिसरको टोलीले हिजो दिउँसो उक्त सुन बरामद गरेको हो ।

प्रहरीले केही व्यक्तिलाई सुनसहित नियन्त्रणमा लिएको स्रोतले  बतायो । आजै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६०.७१६ केजी सुनको अनुसन्धान सकेर राय प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्