नेम्वाङको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने



काठमाडौं । एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शव भोलि (बुधबार)सम्म च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ ।

श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा लैजाने तयारी भइरहेको एमालेले जनाएको छ ।

पूर्वसभामुख समेत रहेका नेम्वाङलाई राति २ बजे हृदयघात भएको थियो । त्रिवि शिक्षण अस्पताल पुर्‍याउने वित्तिकै चिकित्सकहरुले मृत घोषित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्