वडा १६ को  कार्यवाहक अध्यक्षको जिम्मेवारी महर्जनलाई



काठमाडौँ ।

 काठमाडौँ महानगरपालिका वडा नं. १६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प महर्जनलाई दिइएको छ । आज भएको प्रमुखस्तरीय निर्णयबाट उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।

आज नै वडा समितिको बैठकबाट महर्जनलाई कार्यवाहक अध्यक्ष सिफारिस गर्ने निर्णय भएको थियो ।

वडाका अध्यक्ष मुकुन्द रिजालको भदौ २१ गते असामयिक निधन भएपछि अध्यक्ष पद रिक्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्