सूर्यदर्शन सहकारीका कोषाध्यक्ष रम्तेल काठमाडौंबाट पक्राउ



काठमाडौँ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवनकुमार विकका अनुसार कोषाध्यक्ष कुमार रम्तेललाई काठमाडौ‌बाट पक्राउ गरिएको हो।

उनीसहित सात जना सहकारीका पदाधिकारीविरूद्ध प्रहरीले कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो।

बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको र रकम फिर्ता नगरेको आरोप उनीहरूमाथि छ। जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारीका सञ्चालक समितिका पदाधिकारीहरूविरूद्ध ९७१ जनाले जाहेरी दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्