२६ लाख नगदसहित आन्तरिक राजस्व कार्यालयका अधिकृत विमानस्थलबाट पक्राउ



काठमाडौं । २६ लाख नगदसहित सरकारकारी कर्मचारी पक्राउ परेका छन् ।

आज (सोमबार) बिहान ८ः४५ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङका अधिकृत खगेन्द्र सापकोटालाई पक्राउ गरेको हो ।

विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा नगद फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार सापकोटा श्री एयरको उडानमार्फत काठमाडौं आउँदै थिए ।

प्रतिक्रिया दिनुहोस्