तीनजना भिआइपीको वीर अस्पतालमा उपचार हुँदै 



काठमाडौँ। 

नेपालको पहिलो राष्ट्रपति अर्थात् पूर्वराष्ट्रपति डा. रामवरण यादव उच्च रक्तचाप, मधुमेह तथा ढाड दुखाई सम्बन्धी समस्याका कारण वीर अस्पतालको भिआईपी कक्षमा भर्ना भएका छन् ।

त्यसैगरि कोसी प्रदेशका भौतिक पूर्वधार विकासमन्त्री एकराज कार्की डेंगु सङ्क्रमणपछि वीर अस्पतालको भिआईपी कक्षमा भर्ना भएका छन् । त्यस्तै नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र प्रसाद यादवको पनि वीर अस्पतालको भिआईपी कक्षमा उपचार भइरहेको छ । कांग्रेस सह–महामन्त्री यादवमाथि खुकुरी प्रहार भएपछि बिगत ४ दिनदेखि वीर अस्पतालमा उपचार गराइरहेका छन्।

वीर अस्पतालमा लामो समयदेखि भिआईपी कक्षमा बिरामी भर्ना हुनै छोडेको अवस्थामा पछिल्लो समय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले सामान्य उपचारका लागि भिआईपीहरुलाई स्वदेशकै स्वास्थ्य संस्थामा उपचार गर्न आग्रह गरेसँगै भिआइपीको उपचार हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्