कांग्रेस-एमाले मिलेर कोशी प्रदेश सरकार गठन गर्नुको विकल्प छैन : शशांक कोइराला



काठमाडौं । नेपाली कांग्रेस पूर्वमहामन्त्री शशांक कोइरालाले कोशी प्रदेश सरकार कांग्रेस–एमाले मिलेर गठन गर्नुपर्ने बताएका छन् ।

उनले आज (आइतबार) नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै यस्तो बताएका हुन् ।

कोइरालाले कांग्रेस अन्ततोगत्वा एक्लै हिँड्नुपर्ने भएपनि अहिले कोशीमा मिलेर जानुपर्ने अवस्थामा रहेको बताए ।

दलहरूबीच छलफल र संवाद नहुँदा राजनीतिमा पटकपटक सर्वोच्च अदालत धाउनु परेको समेत स्मरण गरे ।

उनले भने– ‘एक आपसमा बसेर छलफल गरेर समाधान निकाल्न नखोजेपछि त्यो नगरेपछि राजनीति आफ्नो हातमा हुँदैन सर्वोच्चको हातमा जान्छ,’ यसर्थ अब कांग्रेस–एमाले मिलेर सरकार गठन गर्नुपर्ने हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्