प्रहरीको हतियार लुट्ने ७ जना पक्राउ



काठमाडौं । ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरी हतियार लुट्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई आज (आइतबार) दिउँसो १ बजे सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

उनीहरूबाट एउटा प्रहरीको पेस्तोल, लुट्न प्रयोग गर्ने पेस्तोलसहित सुन, मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

शुक्रबार राति सुनसरी बर्जु गाउँपालिका–१ शुक्रबारेमा खटिएका दुई जना प्रहरीमाथि आक्रमण गरेर हतियार लुटेका थिए ।

सादा पोशाकमा खटिएका प्रहरीबाट आक्रमणकारीले ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्