प्रधानमन्त्रीले भने- ‘नेपालको नयाँ नक्साबारे चीनसँग प्रष्ट कुरा राख्छु’



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका थिए । बैठक आज (आइतबार) बिहान सिंहदरबारमा बसेको थियो ।

प्रधानमन्त्रीले बैठकमा गत २१ अगस्टमा उत्तरी छिमेकी चीनले जारी गरेको नक्सालाई लिएर आफू गम्भीर रहेको बताएका छन् । उनले दलका शीर्ष नेतालाई भने– नयाँ नक्साबारे म गम्भीर छु, यस विषयमा मैले प्रष्टसँग कुरा राख्छु । ।

असोज पहिलो साता हुन लागेको चीन भ्रमणलाई लिएर संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग आइतबार सिंहदरबारमा आयोजित बैठकमा उनले यस्तो बताएका हुन् ।

बैठकमा दलका नेताहरूले भ्रमणमा जाँदा चीनद्वारा भर्खरै जारी भएको नक्सामा ध्यान दिनुपर्ने कुरा उठाएका थिए । उनीहरूले यसबारेमा चीनसँग कुरा गर्न भनेपछि प्रधानमन्त्रीले आफू गम्भीर रहेको जवाफ दिएका हुन् ।

उनले ‘यसबारेमा म गम्भीर छु, नेपालको पारित भइसकेको नक्साबारेमा प्रष्ट पारिसकेको छु’, उनले भने, ‘हामीले संसद्बाट जारी गरेको नक्साको छिमेकीहरूले सम्मान गर्नुपर्ने कुरा प्रष्ट पारिसकेका छौँ । तपाईंहरूको सुझावलाई मनन गर्दै यसबारेमा थप कुरा राख्नेछु ।’

प्रतिक्रिया दिनुहोस्