आजदेखि बीपी साहित्य महोत्सव शुरु हुँदै



काठमाडौंं । आजदेखि काठमाडौंमा बीपी साहित्य महोत्सव २०८० शुरु हुँदैछ ।

प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेस संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ११०औँ जन्म जयन्तीको अवसरमा आइतबारदेखि तीन दिनसम्म बीपी साहित्य महोत्सव, २०८० आयोजना हुन लागेको हो । सो साहित्य महोत्सव नेपाली कांग्रेसले गर्दैछ ।

आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाले सो महोत्सवको उद्घाटन गर्नेछन् । सो महोत्सव केन्द्रीय कार्यालय, सानेपामा हुनेछ ।

बीपी कोइरालाको जन्म जयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजनामा हुन लागेको सो महोत्सवलाई भब्य र सभ्य तरिकाले समापन गराउनका लागि नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिबार र फाइनआर्टको सहयोग रहेको छ ।

महोत्सवमा आगामी भदौ २६ गतेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्