माेराेक्काेमा भूकम्पमा परी ८०० भन्दा बढी व्यक्तिको मृत्यु


एजेन्सी ।

मोरोक्कोमा शुक्रबार राति गएको ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ८०० भन्दा बढी व्यक्तिको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ । यो संख्याले मोरक्कोमा दशकौं यताकै सबैभन्दा घातक भूकम्प बनाउँछ।

भूकम्पको तीव्रता ६ दशमलव ८ रहेको बताइएको छ । भग्नावशेषबाट मानिसलाई निकाल्न उद्दार कार्य भइरहेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । थप बिवरण आउन बाँकी छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।