लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

0
Shares

उदयपुर ।

लागु औषध मुद्दाका एक फरार प्रतिवादीलाई आज प्रहरीले उदयपुरको बेलका नगरपालिका ४ विज्ञानटोलबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीका अनुसार पक्राउ पर्नेमा बेलका नपन ४का धन बहादुर माझीको छोरा वर्ष ३० को कान्छा भन्ने दान बहादुर माझी रहेका छन् ।

सूचना अधिकारी चौधरीका अनुसार पक्राउ परेका दान बहादुर माझीलाई उदयपुर जिल्ला अदालतले २०७९ बैशाख २२ गतेको फैसलाले २ महिना कैद सजाय तोकेकोमा फरार अवस्थामा रहेका थिए ।

फरार प्रतिवादी दान बहादुर माझीलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको गस्तीमा रहेको टोलीले लुकीछिपी रहेको अवस्थामा पक्राउ गरी इलाका प्रहरी कार्यालयमा ल्याई आवश्यक सोधपुछ तथा अनुसन्धान गरी फैसला कार्यान्वयनका लागि उदयपुर जिल्ला अदालतमा पठाएको सूचना अधिकारी चौधरीले बताए ।