बाँके बस दुर्घटना अपडेट : मृतक सातै जनाको सनाखत

0
Shares

बाँके।

बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शम्शेरगञ्जमा शुक्रबार बेलुका भएको बस दुर्घटनामा मृत्यु हुने सातै जनाको सनाखत भएको छ।

शुक्रबार बेलुका साढे ९ बजे दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस शुक्रबार बेलुका साढे ९ बजे बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शमशेरगञ्जमा सडकमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किँदा चालकसहित सात जनाको मृत्यु भएको थियो।

मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका-९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू, ६५ वर्षीय चानुराम थारू छन्।

बसका चालक बर्दियाको ठाकुरबाबा-८ का ५५ वर्षीय जुगबहादुर चन्दको सहचालक बर्दियाको बारबार्दिया नगरपालिका -७ का ३४ बसन्त कार्कीको पनि मृत्यु भएको छ।

बसमा सवार ४१ यात्रु मध्ये २८ जना घाइते भएका छन्। तीमध्ये २ जनाको अवस्था गम्भीर छ भने बाँकी १९ जनाको अवस्था मध्यम र सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइते सबैको उपचार कोहलपुर मेडिकल कलेजमा भइरहेको प्रहरीले जनाएको छ।