बाँकेमा बस दुर्घटना : ७ जनाको मृत्यु, ३० घाइते


बाँके ।

बाँकेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। ३० जना घाइते भएका छन्।

कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार राती करिब ९ बजे ठोक्किएको थियो ।

बस दुर्घटनाका घाइतेहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।