सन्दीपविरुद्धको मुद्दामा गौशाला २६ को जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउन आदेश



काठमाडौँ।

क्रिकेटर सन्दीप लामिछाने विरुद्ध परेको बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतले पीडित किशोरी ‘गौशाला २६’को जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ ।

न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले पुरानो पालिकामा भएको जन्मदर्ता र बसाइँको कागजात भए झिकाउन आदेश दिएको हो ।

बहसका क्रममा सन्दीपका वकिलहरुले त्यही माग गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्