विश्वकै दोश्रो विजेता बने बनेपाका तुल्सी



काभ्रे । जापानको टोकियोमा सम्पन्न दोश्रो विश्व केनसिनकान कराँते प्रतियोगितामा काभ्रे बनेपाका तुल्सीराम श्रेष्ठले उत्कृष्ट प्रर्दशन गरी दोश्रो उपाधी हात पारेका छन् । ७५ केजी तौल समुह तर्फ विजेता बन्दै फाईनल प्रवेश गरेका तुल्सीराम जापानी खेलाडी कामाता सिनसंग प्रतिस्पर्धामा थिए ।
प्रतियोगितामा नेपाल सहित जापान, अमेरिका, इरान, पोल्याण्ड लगायतका मुलुकका खेलाडी सहभागि थिए । काभ्रेको बनेपाबाट उक्त प्रतियोगिताका लागि चौथो डान हरिगोपाल मानन्धर ७० किलो तौल समुह, तेश्रो डानद्धय दिपु अधिकारी ७० किलो तौल समुह र सुरेश श्रेष्ठ खुल्ला समुह सेमिफाईनलबाट बाहिरिएका थिए । पहिलो खेलमा जापानी खेलाडीलाई पराजित गरे पनि अर्काे राउण्डमा जापानी खेलाडीसँग उनिहरु पराजित भएका थिए । काभ्रेको बनेपाबाट सहभागि भएका उनिहरु मध्ये तुल्सीराम मात्रै उपविजेता बन्न सफल भए ।
केनसिनकान कराँतेमा पाँचौ डान रहेका तुल्सीरामले क्वाटर र सेमीफाईनलमा दुई जापानी खेलाडीलाई पराजित गरि फाईनल प्रवेश गरेका थिए । फाईनल खेलमा उनी दोश्रो भई उपाधीसँगै ट्रफि हात पार्न सफल भए ।पाँच वर्ष अघि नेपालमा शुरु भएको नेपाल केनसिनकान कराँतेका चर्चित खेलाडीहरुलाई दोश्रो डब्लुएमको मार्सल आर्टस विश्व च्याम्यिनसिप तथा दोश्रो जेकेकेएफ जापान कोसीकी कराँते अल जापान च्याम्पियनसिपमा सहभागि हुन टोकियो आएका थिए ।
नेपालका तर्फबाट सुरेश श्रेष्ठ अतिथीका रुपमा सहभागि भएका थिए । नेपाल शाखा प्रमुख रहदेव पोटेले खेल र त्यसका नियमका बारेमा खेलाडीहरुलाई जानकारी गराएका थिए । यस्तै नेपालका तर्फबाट हरिगोपाल श्रेष्ठले काँटा प्रर्दशन गरेको प्रतियोगितामा सहभागि नेपाल केनसिनकान कराँतको अध्यक्ष कपिलदेव थापाले बताए ।
टोकियो योयोगी पार्क हलमा भएका खेलमा नेपाली खेलाडीहरुलाई हौसला प्रदान गर्न चर्चित नेपाली किक बक्सर मोहन ड्रागन, एन्फा जापानका प्रमुख शिव खड्का लगायतका नेपालीहरु जापान पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्