सांसद अनिरुद्धसिंह यादव पक्राउ



काठमाडौं । मधेस प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धसिंह यादवलाई प्रहरीले पक्राउ गरेको छ । उहाँलाई माओवादी नेताको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

सप्तरीको प्रदेश क्षेत्रनम्बर ४ ‘ख’ बाट निर्वाचित सांसद यादवलाई प्रहरीले राजविराजबाट पक्राउ गरिएको जनाएको छ ।

जिल्ला, उच्च र सर्वोच्च तीनै तहका अदालतले दोषी ठहर गरिसकेका सांसद यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी नरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

माओवादी नेता गोविन्द चौधरीको हत्या गरेको मुद्दामा सांसद यादवलाई पक्राउ गरिएको कार्कीले बताउनुभयो । सांसद यादवलाई पक्राउ गरी अदालतमा बुझाएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्