एघारमहिने बालक बडिमालिकामा, बडिमालिकाप्रति जनअस्था बढ्दै



बाजुरा । ‘नानातिना कोइ नजाया मालिका बिकै छ’ भन्ने उखानलाई चिर्दै जुम्ला घर भई हाल दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल दम्पती एघार महिनाका शिशुुसहित बडिमालिका पुुग्नुभएकोे छ । आमा सविना थापा र बुबा गोगनबहादुर हमालका साथ ११ महिनाका संयोग हमाल बडिमालिका पुुग्नुुभएको हो ।

मार्तडीदेखि उच्च हिमालको तीन दिन पैदल यात्रा हिँडेर हमाल दम्पतीले ११ महिनाका छोरालाई बोकेर बडिमालिका माताको दर्शन गरी गत बुधबार घर फर्किनुभएको हो । सिंजा गाउँपालिका–३ नराकोट निवासी हाल दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी हमालका ११ महिनाका छोरा संयोग बडिमालिका पुगेको पुजारी नेत्रराज पाध्यायले बताउनुभयो ।

‘इतिहासमै यति सानो बच्चा बोकेर १४ हजार फिटको उचाइमा अवस्थित बडिमालिका पुगेको पहिलो घटना हो । लेक लाग्ने र अक्सिजन समस्याका बाबजुत पनि बडिमालिका माताको आशीर्वादले गत बुधबार सम्पन्न बडिमालिका माताको दर्शन गरेर फर्कनुभएको हो’ –पुजारी पाध्याले भन्नुुुभयो ।

‘धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्त मनोरम मानिने बडिमालिका मातको दर्शन गर्ने भन्ने भयो, बुढी (सविना थापा) ले पनि जान्छु भनिन् माताको आशीर्वादले दर्शन भेट राम्रै भयो । बडिमालिका जान अप्ठेरो छ, अक्सिजन कम हुन्छ लेक लाग्छ भन्ने आम बुुझाइ थियो । धार्मिक आस्था त छँदै छ । वर माग्ने आशीर्वादभन्दा पनि ११ महिनाको बालक त बडिमालिका पुुग्छ भने हामी किन पुुग्न सक्दैनौं भन्ने आम मानिसलाई सकारात्मक सन्देश दिनका लागि पनि बच्चा बोकेर बडिमालिका गएका हौं राम्रै भयो’ –दैलेखका प्रजिअ हमालको भनाइ छ । धार्मिक आस्थासँगै पर्यटन प्रवद्र्धनमा टेवा पुु¥याउने उद्देश्यले बडिमालिका भ्रमणमा निस्केको उहाँको भनाइ थियो ।

‘बच्चा स्वस्थ हुँदा खासै अप्ठेरा भएन, जुम्लामा जन्मेको बच्चा भएर होला अक्सिजनको लेबल पनि मिल्योे । त्यति सानो बच्चालाई केही असर त परेन । तर, हिँड्न र बासको समस्या छ, बडिमालिका जाँदा आवश्यक व्यवस्थापन गरेर जान जरुरी छ’ –प्रजिअ हमालले भन्नुभयो ।

प्रजिअ हमालका अनुसार बडिमालिका क्षेत्रको विकास गर्न बडिमालिका पाटन क्षेत्रसम्म सदावहार सडक सञ्चालनमा ल्याउन सके सदावहार पर्यटन भित्र्याउन सकिन्छ । बडिमालिका पुुग्ने असुरक्षित बाटो मर्मत गर्नुपर्छ, पाटन क्षेत्रमा तीन दिनको पैदलयात्रा तथा बास बस्नुपर्ने भएकाले ठाउँठाउँमा धर्मशाला निर्माण गर्न आवश्यक छ । बडिमालिका २२ पाटनका वारिपारि खोलाको पानी हेर्दै प्यास बोकेर हिँड्नुपर्ने बाध्यता भएकाले बाटोमा पानीका धारा व्यस्थापन र सार्वजनिक शौचालय व्यवस्थापन गर्नुपर्ने देखिन्छ । त्यसै गरी बडिमालिका माताको दर्शन गर्न जानुभन्दा पनि मन्दिर परिसर फोहोर गर्न गएको अनुुभूति हुन्छ । बडिमालिका मन्दिर तल निश्चित दूरी कायम गरी बासस्थानको व्यवस्थान गर्न सके बडिमालिकाको महिमा दिन प्रतिदिन बढ्दो रहेको प्रजिअ हमालले सुुझाव दिनुभयो ।

बडिमालिकाको दर्शन गर्न विगतको भन्दा यो वर्ष अत्यधिक यात्रुु थिए । त्रिवेणी पाटन त्रिपालले भरिपूर्ण थियो, बाजुरा कालिकोट र केही भाग अछाममा पर्ने त्रिवेणी धाममा कर्णाली प्रदेशबाट बाजुराको भूमिमा धर्मशाला निर्माण गर्न थालिएकाले विरोध भएको छ । उक्त पवित्र भूमिलाई विवादमा ल्याउनुभन्दा पनि आपसी भाइचारा कायम गरी धर्मशाला निर्माण गर्नुपर्ने तीर्थालुको भनाइ छ ।

बाजुराको बडिमालिका दर्शनमा ११ महिने बालकदेखि नेपाल सरकारका सहसचिव सुदूरपश्चिम प्रर्देश सरकारका अर्थ सचिव डा. नारायण रेग्मी, उपसचिव तथा गृह मन्त्रालय शान्ति सुरक्षा महाशाखाका प्रमुख उमाकान्त अधिकारी, बाजुराका प्रमुख जिल्ला अधिकारी पुुष्कर खड्कालगायत सुरक्षा निकायका उच्च पदस्थ कर्मचारी, पर्यटन व्यवसायी र विकासे निकायका व्यक्तिलगायत सरकारी टोली बडिमालिका पुगेका छन् । राज्यको उच्च पदस्थ व्यक्तिको उपस्थितिले कालिकोट र बाजुरा दुुई जिल्लाको सीमा विवाद समाधान गरीे बडिमालिकालाई धार्मिक, पर्यटकीय एवं संरक्षित क्षेत्र घोषणा गर्न टेवा पुुग्ने बडिमालिकाका पुजारी पाध्यायको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्