न्वागीमा ३ जिल्लामा सार्वजनिक बिदा



हेटौंडा ।

वागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले चेपाङको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा मकवानपुर, चितवन र धादिङमा भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यससँगै प्रदेश सरकारले ५ वटा निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार प्रदेश नीति तथा योजना आयोगको सदस्यमा बुढानिलकण्ठ–५, काठमाडौंकी कृष्णकुमारी बस्नेतलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।

प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० स्वीकृत गर्ने निर्णय पनि भएको छ । संगठन संरचना र दरबन्दी तेरिजसहित संक्षिप्त संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । भौतिक पूर्वाधार विकास मन्त्रालयको स्रोत सुनिश्चितता गर्ने तथा आयोजना सम्झौता गर्न अख्तियारी दिने प्रस्ताव स्वीकृत गरिएको प्रवक्ता श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्