नेपाली खेलाडीलाई मैदानमै हौसला दिँदै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष मुरारका र शेखर गोल्छा



काठमाडौँ।

एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भइरहेको नेपाल भर्सेस इन्डिया खेलमा नेपाली टोलीलाई हौसला प्रदान गर्न नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका तथा शेखर गोल्छासहित केही व्यवसायी रंगशालामा पुगेका छन् ।

श्रीलंका स्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा महासंघका पूर्व केन्द्रीय सदस्य रन्जीत आचार्य र विजय वैद्य सहित व्यवसायी सुनील मेहता लगायत अन्य नेपाली उद्योगीहरु पनि पुगेका छन् ।

नेपालको राष्ट्रिय झन्डा बोकेर नेपालको समर्थनमा उनीहरूले खेलाडीहरुलाई हाैसला थपिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्