प्रदेश सांसद अनिरुद्धकुमार सिंह पक्राउ



काठमाडौँ।

मधेश प्रदेश सभा सांसद अनिरूद्धकुमार सिंह पक्राउ परेका छन्।

सोमबार जिल्ला प्रहरी कार्यालय सप्तरीले सिंहलाई पक्राउ गरेको हो।

उनीमाथि २०६४ सालमा माओवादी नेता गोविन्द चौधरीको हत्या गरेको अभियोग छ।

उनी गएको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ (२)बाट स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्