भारतविरुद्धको खेलमा आशिफ शेखको अर्धशतक



काठमाडौं ।

एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्धको खेलमा नेपालका आशिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।

श्रीलंकाको पालेकेले रंगशालामा भइरहेको खेलको ओपनर आशिफले २७.२ ओभरको समाप्तिमा अर्धशतक प्रहार गरेका हुन् । उननले ८८ बलमा ७ चौकाको मद्दतमा ५० रन जोडेका हुन् ।

२७.२ ओभरको समाप्तिमा नेपालले ४ विकेटको क्षतिमा ११३ रन जोडेको छ । खेल जारी छ ।

प्रतिक्रिया दिनुहोस्