भारतविरुद्ध नेपालको १०० रन पूरा



काठमाडौँ।

एसिया कपमा भारतविरुद्ध नेपालले सय रन पूरा गरेको छ ।

२१ ओभरमा ३ विकेट गुमाउँदै नेपालले सय रन पूरा गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले राम्रो साझेदारी गरेका थिए ।

भुर्तेलले ६ छक्का र तीन चौकासहित २५ बलमै ३८ रन बनाएर आउट भए ।

दोस्रो विकेटका रुपमा भीम सार्की सात रनमै आउट भए भने तेस्रो विकेटका रुपमा कप्तान रोहितकुमार पौडेल पाँच रनमै आउट भए ।

 

प्रतिक्रिया दिनुहोस्