भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने



काठमाडौँ।

नेपालले एसिया कपमा विश्व क्रिकेटको पावर हाउस भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।

भारत र नेपाल क्रिकेट इतिहासमा पहिलो पटक आमनेसामने हुँदैछन्, यसअघि दुवै टोली क्रिकेटको कुनै पनि फर्म्याटमा आमनेसामने भएका थिएनन् ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर),कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।

प्रतिक्रिया दिनुहोस्