एकीकृत समाजवादीको सचिवालय बैठक भाेलि बस्दै


काठमाडौं ।

नेकपा एकीकृत समाजवादीले सचिवालयको बैठक बोलाएको छ । पार्टी कार्यालय आलोकनगरमा सोमबार  बस्नेगरी बैठक बोलाइएको भए पनि समय भने तय गरिएको छैन ।

बैठकमा पार्टी कमिटी निर्णयको कार्यान्वयनख तथा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ । आउँदो माघमा महाधिवेशन तयारीका विषयमा पनि छलफल हुने र सोहीअनुसार जिम्मेवारी बाँडफाँटका सम्बन्धमा पनि छलफल हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।