कामपाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको छ : डंगोल



काठमाडौँ।

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कामपाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको बताएकी छन् ।

शनिबार काठमाडौंमा आयोजित नाट्यकर्मी महासंघ नेपालको दोस्रो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उनले महानगरपालिकाले बाँकी कार्यकालमा के गर्ने भनेर योजना बनाएको र फिल्म क्षेत्रलाई पनि सो योजनाअन्तर्गत प्राथमिकतामा राखेको बताइन् ।

उनले काठमाडौं महानगरपालिकालाई चिनाउने महत्वपूर्ण माध्यम फिल्म क्षेत्र भएको भन्दै महानगरले युनेस्को क्रिएटिभ सिटिज नेटवर्कमा महानगरपालिकालाई चिनाउन क्रिएटिभ सिटिज अफ फिल्म भनेर प्रपोजल पठाएको र सो प्रपोजलको नतिजा २०२४ को सुरुमा आउने बताइन् ।

उमपेयर डंगोलले काठमाडौंको सुन्दरता, कलाकृति, सम्पदा र संसकृतिलाई जोगाउन चलचित्र नै एउटा माध्यम भएकाे बताइन् ।

प्रतिक्रिया दिनुहोस्