कर्णालीको स्वास्थ्य क्षेत्र सरकारको प्रथामिकतामा : मन्त्री बस्नेत



जुम्ला।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कर्णालीको समग्र स्वास्थ्य क्षेत्र सरकारको विशेष प्रथामिकतामा परेको बताएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठान जुम्लाको आज डायलायसिस सेवाको शुभारम्भ र स्किल ल्याब हस्तान्तरण कार्यक्रममा उनले भने, “कर्णाली आफैँमा बाहुमूल्य जडीबुटीको भरिपूर्ण ठाउँ पनि हो । आयुर्वेद औषधिलाई कर्णाली स्वास्थ्य प्रतिष्ठानले खोज, अनुसन्धानको काम गर्नुपर्छ ।” प्रतिष्ठानमा ब्लड बैंक स्थापनाका लागि मन्त्रालय आर्थिक सहयोग गर्न तयार रहेको स्वास्थ्यमन्त्री तथा प्रतिष्ठानका सहकुलपति बस्नेतको भनाइ छ ।

प्रतिष्ठानले स्वास्थ्य सेवालाई नतिजा आउने गरी काम गर्नुपर्ने भन्दै उनले प्रतिष्ठानबाट प्रदान गरिने स्वास्थ्य सेवामा जनतालाई राहत हुने गरी काम गर्न आवश्यक रहेको बताए ।

“कर्णाली स्वास्थ्य विज्ञानलाई चाहिने भौतिक संरचनाको निर्माणमा आवश्यक बजेटको व्यवस्थापनसमेत गरिने छ”, उनले भने, “स्वास्थ्य मन्त्रालयलाई चलायमान बनाउन लागिपरेको छु ।” अस्पतालमा दश प्रतिशत शय्या निःशुल्क कडाइसाथ लागू गरेर कार्यान्वयमा समेत आएको स्वास्थ्यमन्त्री बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्