भारतविरुद्धको खेल्न नेपाली टिम श्रीलंका पुग्यो


काठमाडौं । 

एसिया कप–२०२३ को दोस्रो खेलअन्तर्गत भारतविरूद्ध खेल्न  नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका पुगेको छ ।

बुधबार पहिलो खेल पाकिस्तानसँग खेलेको नेपाली टिम बिहीबार श्रीलंका पुगेको हो । पाकिस्तानसँग नेपाल २३८ रनले पराजित भएको थियो । समूह ‘ए’मा रहेको नेपालले श्रीलंकामा भारतविरुद्ध खेल्ने तालिका छ । नेपाल र भारतबीचको खेल यही भदौ १८ गते हुनेछ ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।